close

हिमाली गाउँपालिकामा सामाजिक लेखा परीक्षण सम्पन्न

हिमाली गाउँपालिकामा सामाजिक लेखा परीक्षण सम्पन्न

Trulli
ADVERTISEMENT

बाजुर । जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको  हिमाली गाउँपालिकामा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आइएनएफ नेपाल बाजुरा शाखा र समावेशी विकास सशक्तीकरण र जीविकोपार्जन परियोजनामा हिमाली गाउँपालिकाको समन्वयमा समाजिक लेखा परीक्षण कार्यक्रम गरिएको आइ.एन.एफ. नेपाल बाजुरा शाखा र हिमाली गाउँपालिका टिमलिडर गणेशदत्त खटिकले जानकारी दिए । 

उक्त कार्यक्रमका सभा अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्ल, अथिति हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, गाउँपालिका सातै वडा अध्यक्ष नवनिर्वाचित वडा सदस्य, आइएनएफ नेपाल बाजुरा शाखा हिमाली गाउँपालिका सहाय विकास क्षमता अभिकर्ता सम्झना परिवारलगायत महिला समूह, सहकारी संस्था प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थितिमामा सो परीक्षण भएको हो । 

गाउँपालिकाभरका नवनिर्वाचित जनप्रतिनिधि स्वागत तथा बधाई कार्यक्रम र आइएनएफ नेपाल बाजुरा शाखा र समावेशी विकास सशक्तीकरण र जीविकोपार्जन परियोजना द्रारा वार्षिक बजेटको प्रस्तुत गाउँ सभा हल्लमा गरिएको आइएनएफ नेपाल बाजुरा हिमाली गाउँपालिका सहाय विकास क्षमता अभिकर्ता सम्झना परिवारले जानकारी दिए ।