close

सभामुख सापकोटा अजरबैजान प्रस्थान, १९ गते फिर्ता हुने

सभामुख सापकोटा अजरबैजान प्रस्थान, १९ गते फिर्ता हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् ।

अजरबैजानको संसदको आयोजनामा असार १६ देखि १८ (जुन ३०-जुलाई २) सम्म बाकुमा हुन गइरहेको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन उनी सोतर्फ प्रस्थान गरेका हुन् । 

उनीको टोलीमा प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक पनि  छन् । 

सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व र अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गरी असार १९ गते आइतबार साँझ नेपाल फर्कने समयतालिका छ ।