close

स्थानीय तहमा भ्रष्टाचार बढ्नु चिन्ताजन : राष्ट्रपति

स्थानीय तहमा भ्रष्टाचार बढ्नु चिन्ताजन : राष्ट्रपति

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताको विषय भएको बताएकी छन् । 

बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । 

स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नु  उनले सुझाव दिइन् । 

आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजश्व संकलन, स्रोत र साधनको बाँडफाँट लगायत सुधारका क्षेत्र पहिचान गर्न  सरकारलाई सुझाव दिइन् । 

राष्ट्रपति भण्डारीले भनिन्, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढिरहेको पक्ष औंल्याएका छन् । अपेक्षाकृत रुपमा बेरुजु फर्छ्योट भएको देखिँदैन । त्यसैले विगत लामो समयदेखि कायम रहेको बेरुजुलाई यस पटक अभियानको रुपमा फर्छ्योट गर्दै आगामी आर्थिक कारोबार गर्दा बेरुजु नहुने व्यवस्था मिलाइ आर्थिक अनुशासन पालनामा सबैको ध्यान जानु पर्दछ । पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरूमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ । हाल स्थानीय तहको निर्वाचन सम्पन्न भइ नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ । आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन आवश्यक छ ।'