close

मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारले मासिक २१ हजार र छात्रवृत्ति पाउने

मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारले मासिक २१ हजार र छात्रवृत्ति पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार आर्थिक सहयोग गर्ने भएको छ । 

मधेश सरकारले शहीद प्रतिष्ठानमार्फत् सो आर्थिक सहयोग गर्न लागेको हो । 

साथै प्रतिष्ठानमार्फत सरकारले शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिने भएको छ ।प्रतिष्ठानका संयोजकसमेत रहेका गृह तथा सञ्चारमन्त्री भरत साहले यही महिनादेखि नै वितरण गर्ने लक्ष्य रहेको बताए । 

शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिक रूपमा एकमुष् छात्रवृत्ति दिने मन्त्री साहले बताए ।