close

मुलुक समृद्ध बनाउने दायित्व सबैको हो : प्रधानमन्त्री

मुलुक समृद्ध बनाउने दायित्व सबैको हो : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति उत्तरदायी शासन व्यवस्था संसदीय लोकतन्त्रमा मात्रै प्रभावकारी हुने बताएका छन् ।

यस्तै, मुलुक समृद्ध बनाउन सबै लाग्नुपर्ने उनले बताए ।

६४ औँ संसद दिवसको अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रूपमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताउँदै मुलुक विकासशील बनाउने दायित्व सबैको रहेको बताए । 

२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उनले बताए । उनले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।

संसद दिवसजस्ता कार्यक्रमले संसद सम्प्रभुता र महत्वलाई आमसर्वसाधारणसमक्ष उजागर गर्ने र लोकतन्त्र एबं संसदीय व्याख्या थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री देउवाले भने ।