close

बजेटबारे विवाद बढेपछि अर्थसचिव मरासिनी बिदामा

बजेटबारे विवाद बढेपछि अर्थसचिव मरासिनी बिदामा

Trulli
ADVERTISEMENT

काठमाडौं । बजेट विवाद बढ्दै गएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। बुधबारदेखि लागू हुने गरी उनी बिदामा बसेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेका बुझिएको छ । बजेटका विषयमा संसदीय छानबिन समिति गठन गर्न सांसद, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वन्यायाधीशहरूले माग गरेका छन्।

अर्थमन्त्री शर्माले बुधबार आफूमाथि लागेका आरोपका विषयमा संसदमा जवाफ दिंदै छन् । तर एमालेले भने अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने निर्णय गरेको छ । यसबारे प्रतिपक्ष र सत्तापक्षका सांसदका बीच कुरा नमिल्दा ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु  हुन सकेको छैन । 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएकोले यसबारे अहिले संसद सचिवालयमा छलफल जारी छ । २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप लागेपछि अर्थमन्त्री विवादमा परेका हुन् ।