close

स्थानीय तहको वेबसाइटमा लापरवाही, आज पनि ४८० गाउँपालिकाको सर्भर खुलेन

स्थानीय तहको वेबसाइटमा लापरवाही, आज पनि ४८० गाउँपालिकाको सर्भर खुलेन

Trulli
ADVERTISEMENT

काठमाडौँ । आज पनि सबै गाउँपालिकाको सर्भर डाउन छ । सबै गाउँपालिकाको वेबसाइट नखुलेको हो । 

आइतबार पनि डाउन भएको थियो । आइतबार यसबारे सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचना तथा प्रविधि शाखाका उपसचिव शर्मासँग कुराकानी गर्दा यो सामान्य समस्या बताएका थिए । 

समाचार तयार गरेको एक घण्टापछिल समस्या समाधान भएको थियो । तर आज पनि समस्या उस्तै छ । देशभरका ६ वटा महानगर, ११ उपमहानगर र २७६ वटा नगरपालिकाको वेबसाइट खुल्छ भने सबै गाउँपालिकाको सर्भर डाउन भएको हो । 

देशभर ४६० वटा गाउँपालिका छन् । आइतबार र सोमबार गरी दुई दिन सर्भरमा समस्या आइसकेको छ ।