close

दुई हप्ता बितिसक्दा पनि खुलेन गाउँपालिकाको ताला

दुई हप्ता बितिसक्दा पनि खुलेन गाउँपालिकाको ताला

Trulli
ADVERTISEMENT

रुपन्देही । गैडहवा गाउँपालिकामा दुई हप्तादेखि तालाबन्दी छ । गत साउन २ गते पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले नै गाउँपालिका अध्यक्षको विरोध गर्दै तालाबन्दी गरेका थिए । 

गाउँपालिकाले कार्यसम्पादन मुल्यांकन नबुझाई बसेका तथा स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो नदिएको कारण विवाद भएको गाउँपालिका अध्यक्ष रेन्द्र पौड्यालको भनाइ छ । 

उनका अनुसार एउटा कारणले सुरु भएको विवाद ११ बुँदे मागसम्म पुगेको हो । नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडाध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। 

तालाबन्दी भएपछि गाउँपालिकाको ताला खुलाउन दैनिक वार्ता भइरहेको गाउँपालिकाले जनाएको छ ।  पालिकामा ताला लाग्दा सेवाग्राही मारमा परेका छन् । 

गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडि नबढाएको, प्रमुख कार्यकारी अधिकृतले आफू खुशी सवारी खरिद गरेको लगायत विषयमा विरोध गर्दै तालाबन्दी जनप्रतिनिधिहरूले नै ताला लगाएका हुन् ।