close

बसले ३२ र एसी बसले ४० प्रतिशत बढी भाडा लिन पाउँछन् : पनेरु(यातायात व्यवस्था विभाग)

बसले ३२ र एसी बसले ४० प्रतिशत बढी भाडा लिन पाउँछन् : पनेरु(यातायात व्यवस्था विभाग)

Trulli
ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्थापन विभागका निर्देशक इश्वरि दत्त पनेरुले दशैँ तिहार र छठ पर्वमा लामो दुरीका बसले ३२ प्रतिशत र एसी बसले ४० प्रतिशतसम्म बढी भाडा लिन पाउने बताएका छन् । 

बुधबार यातायात व्यवस्थापन विभागका निर्देशक इश्वरि दत्त पनेरुले काठमाडौँ महानगरपालिकाको विकास साझेदार निकायको चौँथो बैठकमा यस्तो बताएका हुन् ।

बसपार्कमा चाडपर्व विशेष भाडादर राख्ने तयारीमा विभाग रहेको उनले बताएका छन् । उनका अनुसार दशैँका लागि अग्रिम बुकिङको लागि टिकट दिने काम सञ्चालनमा आइसकेको छ ।