close

लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य सुरु गरेकाे छ ।दोस्रो स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका  नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानसहितकाे टाेलीले भवन निर्माणकाे लागि आवश्यक पहल सुरु गरेकाे हाे ।

 

भवन निर्माणका लागि नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीले पहल गर्दै आएकाे जनाइएकाे छ । भवन निर्माण गर्नका लागि नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको मेयर मुलमानले बताए । 

 

उनका अनुुसार नगरपालिकाकाे वडा न.३ स्थित लंकारपुर देखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको छ ।

भवनका लागी प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर मुसलमान,  वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान, ईन्जिनियर आशिष यादव, अमिन,पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र एरिया नापिएको हो ।क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।

आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिका मेयर मुसलमानले बताए । पहिलो स्थानीय तहको चुनावमा जितेर आएका जनप्रतिनिधिको पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले प्रण गरे ।