close

नेवारी संस्कृति संरक्षणमा महिला अनिवार्य

नेवारी संस्कृति संरक्षणमा महिला अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौँ ।कीर्तिपुर नगरपालिकाले सांस्कृतिक संघ संस्था गठनका लागि महिलालाई अनिवार्य गरेको छ । नगरपालिकाले महिलाको सहभागिता बढाउनका लागि ४० प्रतिशत महिला अनिवार्य गरेको हो । 

नगरपालिकाका अनुसार पालिकाभित्र सञ्चालनमा रहेको बाजा खल, पुच गुठीलगायत प्रथाजन्य संघ, संस्थामा महिलाको सहभागिता बढाउनका लागि सो व्यवस्था गरेको हो । 

पालिकाभित्र रहेका धिमे खल, दाफा खल, धाँ, खल, बाँसुरी खल, भजन खल तथा परम्परागत बाजा खल, काहा खल, धार्मिक तथा सना वा सी गुठीमा ४० प्रतिशत महिलाको अनिवार्य गरिएको पालिकाले जनाएको छ । 

कीर्तिपुर नगरलाई सांस्कृतिक महत्त्व तथा भूगोलका आधारमा ६ क्षेत्रमा विभाजन गरी त्यसलाई संरक्षित क्षेत्र तोकेको पालिकाले जनाएको छ । 

पालिकाका अनुसार कीर्तिपुर किपु, पाँगा, चोभार च्वबहाः, नगाउँ नगा, गाम्चा र भाजंगलः बस्ती रहेको छ । सो क्षेत्रले पालिकाभित्रका १० वटै वडाको भाग समेटिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । 

कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ सो व्यवस्था गरिएको पालिकाका वरिष्ठ अधिकृत सुजीन्द्र महर्जनले बताए  । 

ऐनमा ६ सदस्यसहित ११पदाधिकारीमध्ये २ सदस्य ४० प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने व्यवस्था छ । 

संस्थामा आबद्धताका लागि स्थानीयको हकमा जन्मको १५ वर्षदेखि र विवाहित महिलाको हकमा अनिवार्य रहेको सो ऐनमा उल्लेख छ । 

उनले नेवार समुदायको धर्म र संस्कृतिको जर्गेनाका लागि महिलाको अहम् भूमिका रहेकाले सो व्यवस्था गरिएको पालिकाखबरलाई बताए । 

‘नेवार समुदायको गुठीमा महिलालाई निषेध गरिएको छ । अहिले पनि महिला गुठीमा पस्न पाउँदैनन्,’ उनले भने, ‘तर, हामीले ऐनमार्फत अनिवार्य महिला सहभागी हुनुपर्ने व्यवस्था गरेका छौँ ।’

नेवार समुदायको संस्कृति संरक्षणका लागि महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै महिलाको सहभागिता अनिवार्य गरेको बताए । 

सुरुसुरुमा महिलाको सहभागिता गराउन समस्या रहे पनि विस्तारै बढ्दै गएको पालिकाखबरलाई बताए । 

‘अहिले पनि धेरै गुठीमा महिलालाई प्रवेश निषेध छ । तर, हाम्रो पालिकामा महिला प्रतिनिधित्व बढाउँदैछौँ,’ उनले भने । 
महिलाको सहभागिता बढेसँगै गुठी, पुच, खलमा काम गर्न सहज भएको अनुभव उनको छ । 

महिलाले लामो समयदेखि बाजागाजा बजाए पनि गुठी प्रवेशमा निषेध गरिएको जलविनायक दाफा खलका अनिता महर्जनले बताइन् । 

‘महिलाले लामो समयदेखि बाजागाजा बजाए तर संघसंस्थामा छिर्न  पाएका थिएनन्,’ उनले भने, ‘अहिले महिला पनि सदस्य भएका छन् ।’ 

खलमा बाजा बजाउनेहरूमध्ये महिला बढी पुरुष कम भए पनि पुरुष सदस्य धेरै भएको सुनाए ।