close

शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

Trulli
ADVERTISEMENT

काठमाडौं । दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ । 

हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आज बिहानदेखि सुरु भएको हो ।

जिल्लाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा बझाङ कैलाली, कञ्चनपुरलगायत भारतको उत्तराखण्ड धार्चुला डिडिहाट मुन्स्यारी, पिपली, अस्कोट चम्पावत र पिथौरागढबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।

पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पुण्य मिल्ने, खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । 
हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ ।

आज शिखर धाममा पूजन जात्रा सकिएपश्चात् भोलि सोमबार अर्थात् कार्तिक २१ गते मालिकार्जुन मन्दिरमा राति भव्य मेला लाग्ने गर्दछ । 
जात्रामा विशेष गरेर सुदूरपश्चिमको लोकप्रिय बाजा दमाह बजाएर मनोरञ्जन लिने गर्दछन् ।

भक्तजनले दमाह बाजालाई सुरुमा पुग्नेबेला परिक्रमा गराउने गर्दछन् भने उज्यालो हुने बेला अन्तिम पटक मन्दिर परिक्रमा गरेर मेला बिसर्जन गर्ने चलन छ । रात्रिकालीन मेलामा सयौँ जोला दमाह र हजारौँ मान्छे मेला हेर्न आउने गर्दछन् ।