close

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

Trulli
ADVERTISEMENT

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ ।

बाला चतुर्दशीका अवसरमा आज बिहान छरिएको शतबीजबाट जम्मा भएको फोहर दिउँसो १ बजेदेखि सफाइ गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

पहिलो चरणमा मूल मन्दिर क्षेत्रमा सफाइ गरिने छ । मन्दिरमा दर्शन गर्न जाने बाटो र ढुङ्गा छापिएको स्थानमा जम्मा भएको फोहर पनि सफाइ गरिने उनले जाकारी दिए । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर तीन दिनमा सफाइ गरी सकिने कोषले जनाएको छ ।

ढुङ्गा नछापिएको जमिनमा छरिएको शतबीज भने सफा नगरिने भएको छ । खाली जमिनमै शतबीज छर्नुपर्ने भए पनि सबैतिर छरिएकाले अभियानका रुपमा सफाइ गर्नुपरेको हो । सफाइका लागि कोषका करिब १०० सफाइकर्मी परिचालन गरिएको छ ।

पशुपति क्षेत्रमा जम्मा भएको फोहर तीन दिनमा सफाइ गरी सकिने कोषको लक्ष्य छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले आज बिहान स्नान गरी पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरेका थिए ।

पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाउन लाखौँ भक्तजन देशका विभिन्न भागबाट जम्मा भएका थिए ।