close

पञ्चकोटमा विराट महायज्ञ

पञ्चकोटमा विराट महायज्ञ

Trulli
ADVERTISEMENT

बागलुङ। बागलुङ नगरपालिका–६ स्थित सर्वशिद्धिधाम पञ्चकोटमा मङ्गलबारदेखि  विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विराट महायज्ञ सुरु भएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि रोकिएको महायज्ञ यसपटक सञ्चालन गरिएको हो ।

महायज्ञको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले धार्मिक गतिविधिमार्फत् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए। पञ्चकोटसँगै नगरक्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सदैव नगरपालिकाको साथ रहने बताउँदै उनले भने, ‘समृद्धि र विकासमा सबै एकजुट हुनुपर्छ ।’

सो अवसरमा बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्री, वडा नंं ६ का पूर्ववडाध्यक्ष खिमराज सापकोटा र पञ्चकोट विकास समितिका पूर्वप्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्मालगायतले बोलेका थियो। महायज्ञ यही फागुन १५ गते सम्पन्न हुने पञ्चकोट विकास समितिले जनाएको छ ।

महायज्ञको हरेक दिन बिहान ६ बजे महायज्ञस्थलमा पुजन प्रारम्भ, दिउँसो १२ बजेदेखि १ बजेसम्म हरिनाम सस्कृतन,  १।३० बजेदेखि विशेषकथा प्रवचन र साँझ ६ बजेटबाट विष्णु सहस्रनाम पाठ हुने समितिका अध्यक्ष केशवबहादुर कार्कीले जानकारी दिए।