close

प्रहरी भर्ना विज्ञापनविरुद्ध सर्वोच्चमा मधेस प्रदेश सरकारको रिट

प्रहरी भर्ना विज्ञापनविरुद्ध सर्वोच्चमा मधेस प्रदेश सरकारको रिट

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । 

 

नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै सर्वोच्चमा रिट दायर गरेको सञ्चारमन्त्री साहले जानकारी दिए । 

 

सर्वोच्चमा फागुन ४ गते रिट दर्ता गरेको र १० गतेका लागि पेशी तोकिएको उनले बताए । रिटमा कानुनविपरीत भएको प्रहरी भर्ना विज्ञापनलाई उत्प्रेषणको आदेश बदर गर्न माग गरेको जानकारी दिए । 

 

प्रहरी कर्मचारी समायोजन ऐन २०७६, विपरीत गएको मङ्सिर १० गते ठूलो सङ्ख्यामा प्रहरी प्रधान कार्यालयले निरीक्षकदेखि कार्यालय सहयोगीसम्मको पदमा आवेदन खुलाएको थियो।