close

प्रदेश प्रमुख शर्माले गरे २ विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख शर्माले गरे २ विधेयक प्रमाणीकरण

Trulli
ADVERTISEMENT

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिमप्रदेश प्रमुखशर्माले ‘‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यकालागिप्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ’’ र ‘‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ’’ प्रमाणीकरण गरेका हुन् । 

बागमती प्रदेशसभाको असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसादआचार्यले जानकारी दिए । 

उक्त विधेयक प्रमाणीकरण भएसँगै प्रदेश सरकारलाई खर्च गर्न र राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानून अकिृधत प्रकाश चापागाईंले बताए ।