close

शपथसम्बन्धी विधेयक, २०७९ प्रस्ताव स्वीकृत

शपथसम्बन्धी विधेयक, २०७९ प्रस्ताव स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठकले शपथसम्बन्धी विधेयक, २०७९ प्रस्ताव स्वीकृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले बैठकमा प्रस्तुत गरेको उक्त प्रस्ताव स्वीकृत प्रतिनिधिसभा बैठकले सो प्रस्ताव स्वीकृत गरेको हो । 

विधेयकको सैद्धान्तिक पक्षमा भएको  छलफलमा सांसद डा भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ मा विचार गरियोस् भन्ने प्रस्ताव  पनि प्रस्तुत गरिएको छ । उद्योगमन्त्री बडूले प्रस्तुत गरेको उक्त प्रस्तावउपर सैद्धान्तिक छलफल भएको हो ।