close

राणाविरुद्धको महाअभियोग प्रस्ताव समितिमा सिफारिस

राणाविरुद्धको महाअभियोग प्रस्ताव समितिमा सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौं ।प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाएको हो । 

छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव गरेका थिए।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ।

जबराविरुद्ध २०७८ फागुन २९ गते बैठकमा संविधानको धारा १०१ को उपधारा (२) एवंम् प्रतिनिधि सभा नियमावली २७५ को नियम १६१ को उपनियम १ बमोजिम महाअभियोग दर्ता गरिएको थियो।

यसअघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो।