close

आउने संसद‍्ले जबरमाथि लागेको महाभियोग टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

आउने संसद‍्ले जबरमाथि लागेको महाभियोग टुंग्याउनुपर्छ : पूर्वन्यायाधीश फोरम

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वन्यायाधीश फोरमले चुनावपछि आउने नयाँ प्रतिनिधिसभाले चोलेन्द्र शम्शेर राणाविरुद्ध लागेको महाअभियोगलाई स्वीकार गरेर जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो गर्नुपर्ने बताएको छ । 

पूर्वन्यायाधीश फोरमले बुधबार पत्रकार सम्मेलन गरी यस्तो बताएको हो ।  यस्तै, फोरमले जबरा सर्वोच्चमा फर्किन नमिल्ने बताएको छ ।

जबराविरुद्ध १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग प्रस्ताव हाल सिफारिस समितिमा विचाराधीन छ । तर महाअभियोग टुंगो नलाग्दै संसदको कार्यकाल सकिने (२ असोज) भएपछि जबरामाथि लागेको अभियोग के हुन्छ भन्ने अन्योल छ ।

संसदको कार्यकाल सकिँदैमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने बताएको छ ।

जबराको बयान व्यहोरामा कतिपय कुरामा मुखसाबित भएको भन्दै संविधानको धारा १०१ (८) बमोजिम कारबाही हुनसक्ने पूर्वन्यायाधीश फोरमले बताएको छ ।