close

पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई राजेन्द्र राईले दिए झुन्ड्याएर ज्यान लिने धम्की

पाख्रीबासका प्रमुख प्रशासकीय अधिकृतलाई राजेन्द्र राईले दिए झुन्ड्याएर ज्यान लिने धम्की

Trulli
ADVERTISEMENT

काठमाडौं । पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई धनकुटाका एमाले नेता एव‌ निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले ज्यान लिने धम्की दिएका छन् । 

राईले बिहीबार अपराह्न टेलिफोनबाट सुरुवा गरेर नगए ज्यान झुन्डाएर ज्यान लिने धम्की दिएको प्रमुख शासकीय अधिकृत पौडेलले जानकारी दिए । 

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

ज्यानको सुरक्षाको माग गर्दै आफूले उनले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको पालिका खबरलाई जानकारी दिए । 

सामाजिक सन्जालमा सार्वजनिक भएको टेलिफोन सम्वादमा राईले पौडेललाई सरुवा भएर नगए अस्तित्व ‘समाप्त’ पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘मैले भन्दिएको छु नि तपाईंको अस्तित्व म समाप्त पार्दिन्छु ।’