close

निर्वाचन प्रचार-प्रसारमा राज्यकोषबाट भएको खर्चबारे अनुसन्धान सुरु

निर्वाचन प्रचार-प्रसारमा राज्यकोषबाट भएको खर्चबारे अनुसन्धान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ । 

निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरुले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौं’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीलेभने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । अरु थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरु विस्तृत थाहा होला ।’

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए ।

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए ।