close

कोरोनाले जगायो लोप भइसकेका कटवाल

भेटघाटमा प्रतिवन्ध, सूचना दिने जिम्मा कटवाललाई

कोरोनाले जगायो लोप भइसकेका कटवाल

भेटघाटमा प्रतिवन्ध, सूचना दिने जिम्मा कटवाललाई

Trulli
ADVERTISEMENT

म्याग्दी-  म्याग्दीको धवलागिरि गाउँपालिकाले कोरोना  फैलिन नदिन एकबाट अर्को गाउँ आउजाउ बन्द गराएको छ ।


गाउँपालिकाले सूचना जारी गर्दै शुक्रबारदेखि नै लागू हुने गरी एक वडाबाट अर्को वडा र एउटाबाट अर्को गाउँमा जाउआउ बन्द गरिएको जनाएको छ । वडा–७ का ८६ वर्षीय वृद्धलाई कोरोना पुष्टि भएपछि बिहीबार आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले आउजाउमा रोक लगाउनेलगायतका निर्णय गरेको थियो ।


प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जारी गरेको विज्ञप्तिमा अति आवश्यक कामका लागि गाउँबाहिर जाउआउ गर्नु परे वडा कार्यालयको सिफारिस अनिवार्य लिनुपर्ने उल्लेख छ ।

 

गाउँपालिकाका ७ वटै वडाका टोलटोलमा कटुवाल परिचालन गरेर गाउँपालिकाले गरेका निर्णय कार्यान्वयनमा सघाउन सूचना जारी गरिएको छ ।

स्थानीयलाई आउजाउमा प्रतिवन्ध लगाएपछि सूचना आदानप्रदानका लागि कटवाल परिचालन गर्ने निर्णय पालिकाले गरेको हो ।


पालिकामा संक्रमित भेटिएका र चाडपर्वको समयमा हुने आउजाउले कोरोना फैलिने जोखिम बढेकाले कडाइ गरिएको कार्यपालिका प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

 

गाउँपालिकाले कुनै पनि स्थानमा मेलापर्व, जात्रा, खेलकुदजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न÷नगराउन रोक लगाएको छ । अन्य जिल्लाबाट धवलागिरि गाउँपालिकामा आएका परिवारका सदस्यको घर सिल गरी होम आइसोलेसनमा राखिनेछ ।

 

कोरोना जोखिम न्युनीकरण तथा रोकथाम गर्न टोलटोलमा जनप्रतिनिधि, आमा समूहका पदाधिकारी, टोल सुधार समितिका पदाधिकारी, युवा क्लबका प्रतिनिधि रहने गरी कोरोना महामारी नियन्त्रण समिति गठन, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन, सचेतनालगायत कार्य गरिएको छ ।