close

अन्नपूर्णका किसानलाई आधुनिक हलो

अन्नपूर्णका किसानलाई आधुनिक हलो

Trulli
ADVERTISEMENT

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिकाले व्यावसायिक खेतीका लागि आधुनिक हलो वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा किसानहरुलाई हलो वितरण गरिएको हो ।

 

व्यावसायिक कृषक, फार्म, समूह तथा सहकारी मार्फत उनीहरुलाई सहुलियतमा हलो दिइएको गाउँपालिकाले जनाएको छ । शनिबार १६ जना किसानलाई हलो दिइएको छ ।


४७ हजार मुल्य पर्ने हलोको ५० प्रतिशत लागत किसानले व्यहोर्नुपर्छ भने बाँकी ५० प्रतिशत गाउँपालिकाले अनुदान दिन्छ ।

 

अघिल्लो पटक पनि ५४ जना किसानलाई हलो दिइएको थियो ।  ‘किसानहरु व्यावसायिक बन्दैछन् । अब परम्परागत रुपमा खेती गर्न सक्ने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष युवराज कुवँरले भने, ‘अहिलेको मागका आधारमा किसानलाई हलो दिएका हौं । अब प्रविधिको प्रयोग गर्नुपर्छ ।’


हलो (हाते ट्याक्टर) पाएपछि किसानहरु खुसी छन् । कोरोना संक्रमणपछि गाउँ फर्किनेहरु थपिँदै गएका र उनीहरुले खेती गर्न थालेका गाउँपालिका अध्यक्ष कुवँर बताउँछन् । गाउँपालिकाले सबै घरलाई तरकारीको विउ र फलफूलका विरुवा बाँडेको थियो । यही वर्ष किसानलाई लैनो गाईभैंसी वितरण गर्ने तयारी पनि भइरहेको छ ।