close

वृद्ध आमाबालाई कमलामाई नगरपालिकाको सम्मान

वृद्ध आमाबालाई कमलामाई नगरपालिकाको सम्मान

Trulli
ADVERTISEMENT

सिन्धुली - कमलामाई नगरपालिकामा १०० वर्ष पार गरेका जेष्ठ नागरिकलाई कमलामाई नगरपालिकाले सम्मान गर्न सुरु गरेको छ । चाडपर्व नजिकिँदै गर्दा कमलामाई नगरपालिकाले १०० वर्ष उमेर पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो ।


कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले कमलामाई नगरपालिका- ७ निवासी १०० वर्ष पुगेकी मनमाया तामाङ, वडा- ८ निवासी १०६ वर्षीय चन्द्रबहादुर पुलामी र वडा- ९ निवासी १०२ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई सम्मान गरेका छन् ।


नगरपालिकाका तर्फबाट प्रमुख खत्रीले जनही एक हजार ५०० रुपैयाँसहित गम्छा, हर्लिक्स, छाता, टर्च लाइट, ब्ल्याङ्केट एक/एक थानसहित सम्मान गरेका हुन् ।