close

नेपालकै सबैभन्दा ठुलो पदमार्ग निर्माण हुदैँ

नेपालकै सबैभन्दा ठुलो पदमार्ग निर्माण हुदैँ

Trulli
ADVERTISEMENT

बैतडी– पर्यटन प्रर्बद्धनका लागि बैतडीमा समुदायस्तरबाटै नेपालकै सबैभन्दा बढी सिंढी भएको पदमार्ग निर्माणको कामको सुरुवात भएको छ । दशरथचन्द नगरपालिका–४ स्थित प्रसिद्ध ईश्वरीगंगाधामदेखि जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।


‘एक व्यक्त एक सिंढी अभियान’ सञ्चालन गरेर ८ हजार ८ सय ४८ सिंढी निर्माण गरिने ईश्वरीगंगा धाम–जगन्नाथ मन्दिर गढी पदमार्ग निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिए ।


उक्त पदमार्गको शनिबार सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


कुल २ हजार १ सय २१ मिटर लम्बाई रहेको उक्त पदमार्ग निर्माण गर्न १० करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । डिपीआर नै बनाएर ३ बर्षमा सक्ने लक्ष्यका साथ निर्माणको शिलान्यास गरिएको प्रचारप्रसार समितिका संयोजक बाशु भट्टले बताए ।


विश्वको सर्वोच्च शिखरको झल्को दिने गरि ८ हजार ८ सय ४८ सिंढी निर्माण गरिन लागिएको हो । सिंढी निर्माणमा लागि सहयोग गर्न सार्वजनिक आह्वान गरिएको छ ।


एक सिंढी निर्माण गर्न ११ हजार ३७ रुपैंया लाग्ने अुनमान गरिएको छ । पदमार्गको ९ स्थानमा प्रवेशद्वार, ५ स्थानमा प्रतिक्षालय, ५ स्थानमा खानेपानीका धारा, ६० स्थानमा सौर्यबत्ती र २ स्थानमा शौचालय निर्माण गर्ने योजना छ । पर्यटक तथा दर्शनार्थीको सजिलोको लागि रातको समयमा पनि आवतजावत गर्न सहज होस् भनेर सोर्य बत्ती जडान गरिन लागिएका हुन् ।


पदमार्ग शिलान्यास कार्यक्रममा मन्त्री भट्टले आफूले व्यक्तिगत रुपमा ५ सिंढी निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यसका प्रदेश सरकारको तर्फबाट पदमार्ग निर्माण सहयोग हुने उनले बताइन् ।


यस्तै शिलान्यास कार्यक्रममै बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए । प्रवित्र तिर्थस्थल ईश्वरीगंगाधाम– जगन्नाथ मन्दिर जोड्ने पदमार्ग निर्माणपश्चात पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टको विश्वास छ ।