close

लुम्बिनी प्रदेशसहितका स्थानीय जनप्रतिनिधिले नलिएको दाबी

लुम्बिनी प्रदेशसहितका स्थानीय जनप्रतिनिधिले नलिएको दाबी

Trulli
ADVERTISEMENT

रुपन्देही– जनप्रतिनिधिहरूले दसैं खर्च बुझेको समाचारले चर्चा पाएपछि लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्रीका प्रेस सल्लाहकारमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सभामुख, उपसभामुखसहित जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको दाबी गरेको छ ।


प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति प्रकाशित गर्दै लुम्बिनी प्रदेशका जनप्रतिनिधिसहित मन्त्री र मुख्यमन्त्रीले चाडपर्वका नाममा कुनै पनि भत्ता वा खर्च नबुझेको बताएका हुन् ।


विज्ञप्तिमा प्रदेश सरकारले मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार पारेको उल्लेख छ । प्रदेशसभाबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका टुंगो लागेसँगै सरकारले योजनासहित अगाडि बढेको दाबी केसीको छ ।


मुख्यमन्त्री कार्यालयको विज्ञप्तिमा जनप्रतिनिधि र चाडपर्व खर्चबारे सर्वत्र चर्चा हुन थालेको उल्लेख गर्दै लेखिएको छ, ‘लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन ।


त्यसअनुसार मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म चाडपर्व खर्च (दसैं खर्च) नलिएको सबैलाई जानकारी गराइन्छ ।’