close

जनप्रतिनिधिको भत्ताबाट कोरोना कोष स्थापना

जनप्रतिनिधिको भत्ताबाट कोरोना कोष स्थापना

Trulli
ADVERTISEMENT

म्याग्दी- जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका पदाधिकारीहरूले चाडपर्व भत्ताबापत नियमअनुसार पाएको रकमबाट कोरोना कोष स्थापना गरेका छन् ।


गण्डकी प्रदेश सरकारले बनाएको कानुनअनुसार जिससका प्रमुख, उपप्रमुखसहित नौ पदाधिकारीले यस वर्षको चाडवाडका लागि पाएको दुई लाख ३५ हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।


भत्ताका साथै जिससको कोषमा रहेको रकमबाट पाँच लाख रुपैयाँको कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचार कोष स्थापना गर्ने निर्णय भएको जिसस प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।


‘प्रदेशको कानुन र नियमअनुसार कार्यालयले हाम्रो खातामा पठाएको रकमबाट कोरोना कोष बनाउन लागेका हौँ’, उनले भने, ‘कोषको रकम जिससको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचारमा खर्च हुन्छ ।’


यसअघि बेनी नगरपालिका, धवलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विपन्नको खाद्यान्न व्यवस्थापनका लागि जिससको कोषबाट दुइ÷दुई लाख रुपैयाँका दरले एकमुष्ठ १२ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।


बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचार, क्वारेन्टाइन र आइसोलेसनका लागि आवश्यक औजार, औषधि, सामग्री खरिद तथा व्यवस्थापन गर्न तीन लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, गत असारको पहिरोबाट अतिप्रभावित धवलागिरि र मालिका गाउँपालिकाको सडक मर्मत गर्न ३०/३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।