close

बेलकाले किन्यो एम्बुलेन्स, विपन्नलाई निःशुल्क सेवा

बेलकाले किन्यो एम्बुलेन्स, विपन्नलाई निःशुल्क सेवा

Trulli
ADVERTISEMENT

उदयपुर - गरिब तथा बिपन्न र गर्भवति महिलाहरुलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन उदयपुरको बेलका नगरपालिका  ६ नम्बर वडा कार्यालय आफैले एम्बुलेनस खरिद गरेको छ । बेलका नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा एम्बुलेन्स सेवा सुरु गरिएको हो । 


नगरपालिकाको पाँच लाख र वडा- ६ को पाँच लाख गरी कुल १० लाखमा राजस्व छुटबाट एम्बुलेन्स खरिद गरिएको वडा- ६ का वडाध्यक्ष बसन्तकुमार मगरले बताए । नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाका अनुसार नगर तथा वडाका विपन्न, गरिब तथा सुत्केरी आमाहरुका लागि एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्ने छ ।


एम्बुलेन्स कटुन्जे बबला स्वास्थ्य चौकीको मातहतमा सञ्चालन गरिने छ । वडाध्यक्ष मगरले भने, ‘दशै‌को समयमा एम्बुलेन्स आएकाले चाँडो भन्दा चाँडो कर्मचारी नियुक्त गरी एम्बुलेन्स सञ्चालनमा ल्याईने छ ।’ 

 

एम्बुलेन्सले वडा र नगर भरीका विपन्न परिवारका बिरामी र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्ने छ