close

मंसिरसम्म व्यास नगरका विद्यालयमा ताल्चा नखुल्ने

मंसिरसम्म व्यास नगरका विद्यालयमा ताल्चा नखुल्ने

Trulli
ADVERTISEMENT

तनहुँ - जिल्लाको व्यास नगरपालिकामा सञ्चालित विद्यालय मंसिरसम्म नखुल्ने भएका छन् । समुदाय स्तरमा कोरोना संक्रमण फैलिँदै गएपछि विद्यालयमा पठनपाठन तत्काल सुचारु नहुने भएको हो । 


शनिबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर शिक्षा समिति बैठकले २ मंसिरसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको हो । 

 

मौसम परिवर्तनका कारण रुघा, खोकीको प्रकोप देखिएको र कोरोना फैलन सक्ने सम्भावना भएकाले प्रत्यक्ष कक्षा सञ्चालनमा रोक लगाएको शिक्षा तथा सामाजिक बिकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले बताए । 


भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न भने दिइनेछ । प्रत्यक्ष विधिबाट पठपाठनमा रोक लगाएको गोदार बताउँछन् । ‘कक्षाकोठामा विद्यार्थी बोलाएर पढाउँदा कोरोना फैलने जोखिम छ’, उनी भन्छन्, ‘गाउँटोलमै पुगेर विद्यार्थीलाई सिकाइ सहजीकरण गर्न पनि रोक लगाएका छौं ।’


३ मंसिरबाट कक्षा सञ्चालन गर्दा नगरपालिकाले यसअगावै जारी गरेको निर्देशिकालाई विद्यालयले पालना गर्नुपर्नेछ । कोरोना प्रभाव देखिए वा फैलन सक्ने खतरा बढे विद्यालय व्यवस्थापन समितिको परामर्शमा आवश्यक निर्णय स्वयं विद्यालयले लिन सक्ने गोदारले जानकारी दिए ।

 

कक्षा ११ सञ्चालन भएका विद्यालयमा स्वास्थ्यको मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुनेछ । ६ महिनापछि ११ असोजदेखि खुलेका व्यासका विद्यालय फेरि २७ असोजमा बन्द भएका हुन् ।

 

यो अवधिमा विद्यार्थी संख्या धेरै भएका यहाँका विद्यालयले ३ सिफ्टसम्म कक्षा चलाएका थिए । विद्यार्थीलाई ३ घन्टा बढी कक्षामा राख्न नपाउने बाध्यकारी नियम नगरपालिकाले बनाएको थियो ।