close

भूकम्प–२०७२ को इपिसेण्टर विवादमा

गोरखाका २ पालिकाबीच वढ्यो मनमुटाव

भूकम्प–२०७२ को इपिसेण्टर विवादमा

गोरखाका २ पालिकाबीच वढ्यो मनमुटाव

Trulli
ADVERTISEMENT

विनासकारी भूकम्प गएको ५ वर्षपछि गोरखाका दुई पालिका इपिसेन्टरमा अपनत्व लिने होडमा उत्रिएका छन् । पालिकाका तर्क सुन्दा लाग्छ– कुखुरा पहिला कि अण्डा ?

 

गोरखा- २०७२ सालमा गएको विनासकारी भूकम्पको केन्द्रबारे गोरखाका २ स्थानीय तहबीच विवाद सुरु भएको छ । धार्चे गाउँपालिकाले आफ्नो पालिकाको वडा नम्बर ७ चुङकङ डाँडामा इपिसेण्टर स्तम्भ बनाएर त्यहीँबाट साइकल ट्रेल र ट्रेकिङ ट्रेल तयार ग¥यो ।


आन्तरिक र बाह्य पर्यटक भित्र्याएर पर्यटनमार्फत नै समृद्ध गाउँपालिका बनाउने सपना देखेको धार्चेले बनाएका यी संरचनाको प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले उद्घाटन पनि गरे ।


उद्घाटनको भोलिपल्टै इपिसेण्टर आफ्नो दावी गर्दै बारपाक सुलिकोट गाउँपालिकाले जथाभावी नगर्न चेतावनी दिएको छ । ‘इपिसेण्टर तोडमोड गर्न सकिने विषय होइन । भूकम्पको केन्द्र बारपाक नै हो,’ अध्यक्ष विष्णु भट्टले भने, ‘इपिसेन्टरको अवस्थितिलाई नै बदलेर चिनारी गर्ने गरी भएका गतिविधिमा हाम्रो गम्भीर असहमति छ ।’


इपिसेण्टरलाई देखाएर आसपासका पालिका जोड्ने गरी ट्रेल निर्माणको योजना बनिरहेका बेला धार्चेले एकलौटी रुपमा ट्रेल बनाएको बारपाकको आरोप छ ।


धार्चे गाउँपालिकाले भने इपिसेन्टर बारपाकबाट २ किलोमिटर पूर्वतर्फ भनिएकाले चुङकङ नै भएको दावी गरेको छ । ‘केन्द्रविन्दु कहाँ भन्ने टुंगो छैन । केन्द्र निर्धारण पनि भएको छैन,’ उनले भने, ‘बारपाकले पनि दावी गर्न मिल्दैन नि, त्यसो भए । हामीले इपिसेण्टर दावी नगरी पर्यटकीय संरचना बनाएको हो । विरोध गर्ने ठाउँ छैन ।’


इपिसेण्टर आसपासमा पार्क बनाउने र पर्यटकीय गतिविधि बढाउनका लागि संरचना विस्तार गरेको उनको भनाइ छ । भूकम्पको स्मृति हुने गरी काम गरेको भन्दै उनले कुनै दुरासय नभएको बताए ।