close

कर्मचारीमा कोरोना देखिएपछि रूपा गाउँपालिका कार्यालय बन्द

कर्मचारीमा कोरोना देखिएपछि रूपा गाउँपालिका कार्यालय बन्द

Trulli
ADVERTISEMENT

कास्की - कास्कीको रूपा गाउँपालिकाको सेवा बन्द गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयको काम बन्द गरिएको हो । 


‘पालिकाकै कर्मचारीबाट कोरोना सर्ने देखियो । संक्रमितसँग भेटघाट भएकाहरूको पीसीआर रिपोर्टपछि कार्यालय खुल्छ’, पालिका अध्यक्ष नवराज ओझाले भने, ‘अब आइतबारसम्मको काम हुँदैन ।’ उनका अनुसार सोमबारपछि मात्र कार्यालय खोल्ने तयारी छ । 


‘संक्रमितसँग नभेटेका कर्मचारीलाई राखेर कार्यालय खोल्ने सल्लाह भएको छ । संक्रमितसँग भेटेकाहरू क्वारेन्टाइनमा हुनुहुन्छ । संक्रमित आइसोलेसनमा हुनुहुन्छ’, उनले भने, ‘पाँच दिनपछि ट्रेसिङमा परेका कर्मचारीको परीक्षण गर्छौं ।’


गाउँपालिकाले बेलाबेलामा स्याम्पल परीक्षण गर्छ । सोही परीक्षणका क्रममा कर्मचारीलाई कोरोना देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको र अरूमा समेत कुनै लक्षण नदेखिएको अध्यक्ष ओझाले बताए । उनले गाउँपालिकावासीलाई पनि सुरक्षित भएर दैनिकी चलाउन सुझाएका छन् ।