close

५ दिनका लागि गोरखा नगरपालिका बन्द

५ दिनका लागि गोरखा नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

गाेरखा - गोरखा नगरपालिका ५ दिनका लागि बन्द गरिएको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना पुष्टि भएसँगै कार्तिक २८ सम्मका लागि नगरपालिका र वडा कार्यालय बन्द गरिएको हो ।

 
साथै नगरका विद्यालय पनि २ साताका लागि बन्द गर्ने निर्णय भएको छ । मंसिर ६ गतेसम्म सबै सामुदायिक विद्यालय बन्दको निर्णय गरिएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए । आईतबार बिज्ञप्ति निकाल्दै प्रमुख प्रशासकीय अधिकृत दीनेशराज पन्तले नगर बन्दको घोषणा गरेका हुन् । 


अत्यावश्यक बाहेकका कुनैपनि सेवा प्रवाह नहुने उनले जानकारी दिए । अब गोरखाबाट आउजाउ गर्दा टोल विकास संस्था र वडा कार्यालयलाई जानकारी गराउनुपर्ने भएको छ । 


अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगर्न नगरपालिकाले आग्रह गरेको छ ।