close

आज पनि नीति तथा कार्यक्रममाथि छलफल

आज पनि नीति तथा कार्यक्रममाथि छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । गत जेठ १० गतेदेखि नीति तथा कार्यक्रममाथि भइरहेको छलफल आज पनि जारी छ । छलफलका लागि आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक बोलाइएको छ ।


बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् । 

 

 

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ। हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन।

 

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।