close

अंग्रेज फौज हराएको सम्झनामा कमलामाईमा उत्सव, आज सार्वजनिक बिदा

अंग्रेज फौज हराएको सम्झनामा कमलामाईमा उत्सव, आज सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले आज ऐतिहासिकस्थल सिन्धुलीगढीमा विजय उत्सव मनाएको छ । नेपाली फौजले अंग्रेजलाई हराएको दिनको सम्झनामा विजय उत्सव मनाइएको हो ।


आज सिन्धुलीगढीको ठुलोगढीमा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले झण्डोत्तोलन र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको कमलामाई नगरपालिकाले जनाएको छ ।


ओझेलमा परेको सिन्धुलीगढीको प्रचार प्रसार गर्न २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन सुरु गरेको थियो । त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको हुदै स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजय उत्सवको आयोजना गर्दै आएको छ ।


कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले आज  नगरपालिकाले सार्वजनिक विदा दिएको जानकारी दिए । कोरोनाको संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै विगतका वर्षमा भव्यताका साथ उत्सव मनाउदै आएको भएपनि यस वर्ष सामान्य तरिकाले मनाइएको उनले बताए ।


२४ कात्तिक १८२४ मा नेपाली फौजले अंग्रेजलाई हराएको दिनको सम्झनामा सिन्धुलीगढीमा विजय उत्सव मनाउन थालिएको हो ।