close

तिलोत्तमाले खोल्यो पशु सेवा केन्द्र

तिलोत्तमाले खोल्यो पशु सेवा केन्द्र

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-१५ कोटिहवामा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ । 


वडा- १३, १४, १५, १६ र १७ का किसानलाई सेवा दिने गरी स्थापना गरिएको पशु सेवा केन्द्रको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् ।


यसअघि वडा-२ जानकीनगरमा मात्र सञ्चालनमा रहेको केन्द्रलाई आन्तरिक स्रोतमा प्राविधिक नियुक्त गरेर नगरपालिकाले कोटिहवामा समेत विस्तार गरेको हो ।

 

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख चौधरीले तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै पशु सेवा केन्द्रबाट अधिकतम लाभ उठाउन किसानलाई आग्रह गरिन् ।