close

खजुराका १०४ किसानलाई पावर टिलर

खजुराका १०४ किसानलाई पावर टिलर

Trulli
ADVERTISEMENT

बाँके– खजुरा गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको छ । खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य नभएका साना तथा एक सय चारजना कृषकलाई गाउँपालिकाले यो सुविधा दिएको छ ।


खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कृषि शाखा प्रमुख पुनम पोखरेलले किसानलाइ पावर टिलर संयुक्तरुपमा वितरण गरेका हुन् ।


पालिका प्रमुख कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउन कृषकलाई सुविधा दिइएको बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंकसँग सहकार्य भइरहेको जानकारी दिए ।


कार्यक्रममा उपप्रमुख एकमाया विकले प कृषि उपकरणको सही सदुपयोग गरी कृषिमा आत्मनिर्भर हुन कृषकलाई आग्रह गरिन् । साथै उनले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताइन् ।


कृषि शाखा प्रमुख पुनम पोखरेलका अनुसार कृषकको ५० प्रतिशत र बाँकी ५० प्रतिशत पालिकाको लगानीमा अपनत्व हुने गरी कृषियन्त्र वितरण गरिएको बताइन् ।