close

भुइँमा सुत्न बाध्य कैदीलाई व्यासले दियाे ४० खाट

भुइँमा सुत्न बाध्य कैदीलाई व्यासले दियाे ४० खाट

Trulli
ADVERTISEMENT

तनहुँ - चिसो भुइँमा सुत्न बाध्य तनहुँ कारागारका कैदीबन्दीले खाट पाएका छन् । व्यास नगरपालिकाले कारागारलाई ४० थान खाट सहयोग गरेपछि कैदीबन्दीलाई यसपालिको जाडोमा राहत मिलेको छ ।

 
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई उक्त खाट हस्तान्तरण गरे । कारागार सुधार र व्यवस्थापनमा नगरको सदैव सहयोग रहने न्यौपानले बताए । ‘कारागारलाई सुधार गृह बनाउन आवश्यक छ’, उनले भने, ‘त्यसका लागि स्थानीय सरकारबाट गर्नुपर्ने सहयोग गर्न व्यास नगरपालिका तयार छ ।’ 


प्रमुख जिल्ला अधिकारी आचार्यले तीन तहका सरकारको सहयोग र सहकार्यले सुधार सम्भव रहेको बताए । उनले कारागार सुधारका कार्ययोजना बनाउने सुनाए । 


यसअघि जिल्लाको म्याग्दे गाउँपालिकाले दुई जना सुत्न मिल्ने ११ वटा खाट दिएको थियो । बन्दीपुर गाउँपालिकाले पाँचवटा खाट र शुक्लागण्डकी नगरपालिकाले नगद ५० हजार रुपैयाँ सहयोग आएको कारागार प्रशासनले जनाएको छ । 


भानु नगरपालिका र घिरिङ गाउँपालिकासँग पनि सहयोगका लागि अनुरोध गरेको कारागारका प्रमुख ध्रुवसिंह खड्काले बताए  । कारागारमा २२७ कैदीबन्दी छन् ।