close

गाईको पुच्छर छेउमा दुईटा आँखा ! 

गाईको पुच्छर छेउमा दुईटा आँखा ! 

Trulli
ADVERTISEMENT

जंगलको छेउमा घर छ? बस्तु चराउन जंगल पनि लैजानुहुन्छ होला ? 

तर बेलुका फर्किदा बन्यजन्तुले आक्रमण गरेर तपाईका गाईभैंसी घाइते देख्नुहुन्छ । यो समस्या धेरैजसो तराईका स्थानीयहरुले खेप्दै आएका छन् । 

तर अव चिन्ता लिनु पर्दैन । अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउने भन्ने एउटा नयाँ उपाय निकालेका छन् ।
 
निरन्तर ४ वर्षलामो प्रयासपछि बैज्ञानिकहरुले एउटा जुक्ति निकालेका छन् । 

घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर उनीहरुले लामो अध्ययन गरे । अध्ययनले पत्ता लाग्यो पुठ्ठामा बनाइएको आँखा देखेर जंगली जनावरले घरपालुका जनावरलाई डरलाग्दो जीव ठाने या के ठाने डराए । आक्रमणमा उत्रिएनन् । 


अध्ययनले यो उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निष्कर्ष निकालेको छ । अव तपाईपनि प्रयोग गरेर हेर्नुहुन्छ कि?