close

चैतदेखि रोक्यो गाउँपालिकाले तलव, शिक्षकका तिहार पनि खल्लो

चैतदेखि रोक्यो गाउँपालिकाले तलव, शिक्षकका तिहार पनि खल्लो

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुले तलब नपाउँदा तिहार पनि खल्लो भएको बताएका छन् ।


गएको ९ महिना यता तलब नपाउँदा आफूहरुको तिहार खल्लो भएको सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले बताइन् ।


दशैंको बेला समेत तलब नपाएको र दशैंपछि तलब पाउने आश्वासन पाएपनि अहिले सम्म आफूहरुले तलब नपाएको उनले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाले गत वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरुलाई तलब दिने गरेको थियो । तर गएको चैत महिना यता तलब नपाउँदा हामीहरुलाई समस्या भएको छ ।’


गएको ९ महिना यता तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको लेकलुपण माविमा कार्यरत शिक्षक रामसिंह धामीले बताए । गाउँपालिकाले आफूहरुको समस्या नबुझेको उनको गुनासो छ ।


उनले भने ‘कोरोना भाइरसको महामारी एकातिर छ । यो अवस्थामा हामीले काम गरेको समेत पैसा पाएका छैनौं । ९ महिनादेखि तलब नपाउँदा यो बर्षका चाडपर्व खल्लो भएका छन् ।’


सिगास गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका १९२ जना शिक्षकहरुले ९ महिना सम्म तलब पाएका छैनन् । गत बर्षदेखि निजी श्रोतका शिक्षकहरुको तलब व्यहोर्ने जिम्मा लिएको गाउँपालिकाले तलब दिन नसकेको शिक्षकहरुले बताएका छन् ।


यो बिषयमा सिगास गाउँपालिकाले राजस्व बाँडफाँड शीर्षकमा रकम निकासा नभएकाले निजीश्रोतका शिक्षकहरुलाई तलब खुवाउन नसकिएको जनाएको छ । निजी श्रोतका शिक्षकहरुलाई तलब खुवाउनका लागि सोही शीर्षकबाट तलब दिने गरेकाले रकम निकासा नहुँदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।