close

सुर्नया- ३ मा सार्वजनिक क्षेत्र संरक्षण समिति गठन

सुर्नया- ३ मा सार्वजनिक क्षेत्र संरक्षण समिति गठन

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा नं.- ३ कार्यालयले सार्वजनिक क्षेत्र संरक्षणका लागि समिति गठन गरेको छ । सार्वजनिक क्षेत्रमा जथाभावी अतिक्रमण हुन थालेपछि वडाको पहलमा स्थानीयहरूको भेलाले संरक्षण समिति गठन गरेको हो ।


भेलाले सात सदस्यीय सार्वजनिक क्षेत्र संरक्षण समिति गठन गरेको वडा अध्यक्ष दिलाराम भट्टले जानकारी दिए । समितिले अहिलेका लागि गोयली क्षेत्रमा रहेको सार्वजनिक क्षेत्र संरक्षणका लागि पहल गर्ने उनले बताए ।
   

‘आवश्यकताअनुसार अन्य टोलहरूमा समेत संरक्षण समिति गठन गरिनेछ’, उनले भने । पदमराज भट्टको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा कृष्णानन्द भट्ट छन् भने समितिको सचिवमा कौशा भट्ट, कोषाध्यक्षमा खेमराज भट्टलगायत अन्य सदस्यहरू रहेका छन् ।
   

यस्तै, परमान्द भट्टको संयोकत्वमा नौ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिको सहसंयोजकमा कृष्णानन्द भट्टलगायत अन्य सदस्यहरू रहेका छन् । समितिले सार्वजनिक क्षेत्र संरक्षणका लागि कार्ययोजना बनाएर काम गर्ने बताइएको छ ।


वडा कार्यालयको रोहवरमा गठन गरिएको समितिले सार्वजनिक क्षेत्र संरक्षणमा भूमिका खेल्ने विश्वास गरिएको छ । सार्वजनिक क्षेत्रमा भइरहेको अतिक्रमण रोक्ने, सार्वजनिक क्षेत्रको संरक्षण गर्नेलगायतका उद्देश्य राखेर समिति गठन गरिएको हो ।