close

फिक्कलले बनायो उद्धव स्मृति पार्क

फिक्कलले बनायो उद्धव स्मृति पार्क

Trulli
ADVERTISEMENT

सिन्धुली- फिक्कल गाउँपालिकाले उद्धव स्मृति पार्क निर्माण गरेको छ । २०५४ सालमा निर्वाचित गाउँ विकास समिति अध्यक्ष उद्धव खड्काको सम्झनामा स्मृति पार्क निर्माण गरेको हो ।


२८ वैशाख २०२८ मा जन्मिएका उद्धवको ११ वैशाख, २०५८ मा उपचारको क्रममा भारतको याम्स अस्पतालमा निधन भएको थियो । गाविस अध्यक्षमा निर्वाचित भएका खड्काको कार्यकालमा नै निधन भएकाले स्मृति पार्क निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिए । नेपाली राजनीति र विकासप्रेमी नेताका रूपमा रहेका खड्काको सम्झनामा पार्क निर्माण गरिएको उनले जानकारी दिए ।


सोल्पाठाना र समग्र जिल्लाको विकास गर्न विकासका योजना बनाउने खड्काको उपचारको क्रममा निधन भएपछि तात्कालीन सोल्पाठाना विकासमा पछि परेको स्थानीयले बताउने गरेका छन् ।


उद्धवले राजनीतिक विकास, समाज सेवा र दुर्गम क्षेत्रमा पनि विकासको पूर्वाधार ल्याउनुपर्छ भन्ने विचार व्यक्त गर्ने गरेको उनका समकक्षीहरूले बताएका छन् ।

 

राजनीतिमा लाग्ने व्यक्तिहरूमा समाज सेवा र इमान्दारी देखाउने खड्काको सम्झनामा फिक्कल गाउँपालिकाको १९ लाख ५० हजार र संघीय सांसद कोषको १४ लाख गरी कुल ३३ लाख ५० हजार रुपैयाँमा पार्क निर्माण सम्मपन्न गरिएको उन जानकारी दिए । पार्कमा पोखरी, छतसहितको प्रतीक्षालय, स्टेज, चाइनिज दुबोको गार्डेन तथा बस्ने चौतारो छन् ।