close

पोखराकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण 

पोखराकी उपप्रमुख गुरुङलाई कोरोना संक्रमण 

Trulli
ADVERTISEMENT

कास्की - पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । तिहारअघि नै सामान्य रुघाखोकी लागेपछि उनी सार्वजनिक कार्यक्रममा निस्किएकी थिइनन् ।

 

बुधबार स्वाब दिएकी गुरुङको बिहीबार बिहान रिपोर्टमा कोरोना पुष्टि भएको हो । 


‘विश्वभर महामारीको रूप लिएर फैलिरहेको कोभिड- १९ बाट म पनि अछुतो रहन सकिनँ । त्यसैले यतिखेर म आफ्नै घरमा आइसोलेसनमा छु’, उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो स्वास्थ्य अवस्था सामन्य छ । छिट्टै कोरोनालाई परास्त गरेर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहनेछु ।’


पोखरा महानगरको बिहीबार नै कार्यपालिका बैठक छ । कोरोना पुष्टि भएपछि उनी कार्यपालिका बैठकमा सहभागी हुनेछैनन् ।