close

तामाकोशी गाउँपालिकाको बिमा योजना

तामाकोशी गाउँपालिकाको बिमा योजना

Trulli
ADVERTISEMENT

जिल्लाको तामाकोशी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गाउँबासीलाई सुरक्षा प्रदान गर्न गाउँपालिकाले यस्तो अभियान सुरु गरेको हो ।


व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालू आर्थिक वर्षमा तामाकोशी गाउँपालिकाले पहिलो चरणमा २५ हजार जनसंख्यामध्ये १२ हजारको बिमा गर्नेछ । 


९ लाख खर्च गरेर सो संख्याका नागरिकलाई कोरोना बिमा गरिदिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।
अध्यक्ष पोखरेलले भने, ‘सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेरै भए पनि सबै नागरिकको बिमा गरिदिन्छौं ।  तामाकोशी  गाउँपालिका ठेगाना भएका जोकोही आए पनि बिमा गर्ने योजना छ ।’


सहकारीको सदस्य भए सहकारीले १ सय, व्यक्तिले १ सय र गाउँपालिकाले १ सय रुपैयाँ गरी बिमा गर्ने व्यवस्था भएको  तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए ।


सहकारीको सदस्य नभए बिमा गर्ने व्यक्तिले २ सय रुपैयाँ तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १ सय थपेर बिमा गरिदिने मिश्र बताउँछन्  ।
तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन । बिमा कार्यक्रमबाट नागरिकले  लाभ लिन सक्ने तामाकोशी गाउँपालिका– १ का वडाध्यक्ष महेश काप्mलेले बताए ।