close

ताप्ली गाउँपालिकाको भवनमा राखिएको बम १८ घण्टापछि निष्क्रिय

ताप्ली गाउँपालिकाको भवनमा राखिएको बम १८ घण्टापछि निष्क्रिय

Trulli
ADVERTISEMENT

उदयपुर– नेपाली सेनाको बम डिस्पोजल टोलीले उदयपुरको ताप्ली गाउँपालिकाको मुख्य प्रशासनिक भवनको मुलद्धारमा राखेको बम १८ घण्टापछि डिस्पोज गरेको छ ।

 

ताप्ली गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा अज्ञात समुहले शक्तिशाली बम बिष्फोटन गराई कार्यालयको मुलद्धारमा राखेको बम सेनाले १८ घण्टापछि डिस्पोज गराएको हो । आईतवार बिहान १ बजे अज्ञात समुहले राखेको बम आईतवार साँझ श्री न. १८ बाहिनी अडडा भुल्के र रर्णशार्दुल गण बोक्सेबाट गएको नेपाली सेनाका बम डिस्पोजल टोलीले डिस्पोज गराएको हो । 
 

आईतवार बिहान १ बजेतिर शक्तिशाली बम बिष्फोटन गराउँदा उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष क्षतिग्रस्त भएको ताप्ली गाउँपालिका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिए । 
 

अज्ञात समुहले उदयपुरको ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको केन्द्रमा बम बिष्फोटन गराएको हो । बम बिष्फोटनबाट ३ वटा कोठा क्षतिग्रस्त भएको जनाएको छ । बिष्फोटनबाट उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, राजश्व काउन्टर, योजना शाखामा क्षति पुगेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बिष्फोटनबाट फर्निचर, कम्प्युटर लगायतको सामान क्षति पुगेको जनाएका छन । 
 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालका अनुसार ताप्ली गाउँपालिकाको बन्डमा रहेको नागरिक सहायता कक्षमा बम बिष्फोटन गराएको हो । घटनाको अनुसन्धान भई रहेको छ । घटनास्थलमा कटारीबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको थप्प टोली त्यहाँ पुगेर घटना संलग्नहरुको खोजी तथा अनुसन्धान थालेको एसपी दाहालले जानकारी दिए । 
 

बिष्फोटन गराईएको बम शक्तिशाली सकेट बम हुन सक्ने अनुमान गरिएको छ । संघीयता कार्यान्वयमा आएसँगै स्थानीय तहको केन्द्रमा बम बिष्फोटन भएको यो घटना नेपालकै पहिलो हो । 
 

बम बिष्फोटनबाट क्षतिग्रस्त भवन गाउँपालिकाले भाडामा लिएको महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारको हो । गाउँपालिकाले सनिवारदेखि स्वास्थ्य क्षेत्रका लागि आवश्यक पर्ने २७ जना दरबन्दीमा परिक्षा सञ्चालन गर्दै आएको थियो । 
 

‘पहिलो परिक्षा सकिएकै रातमा बम बिष्फोटन भयो, अरु धेरै परिक्षा सञ्चालन हुन बाँकी थियो’ गाउँपालिका अध्यक्ष थापाले भने– ‘बम बिष्फोटनपछि रुपाटार क्षेत्र त्रसित छ ।’