close

राेकियाे शेयर काराेबार

राेकियाे शेयर काराेबार

Trulli
ADVERTISEMENT

बिहीबार शेयर कारोबारको राफसाफ रोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्देशनमा बिहीबारको कारोबारको राफसाफ रोकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सूचनामार्फत जानकारी गराएको हो ।

कारोबार भएको तीन कार्यदिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्थाअनुसार सोमवार राफसाफ हुनुपर्नेमा बिहीबार टीएमएसमा समस्या देखिएकाले राफसाफ रोक्न निर्देशन दिएको सूचनामा उल्लेख छ ।

नेप्सेको निर्देशनबमोजिम उक्त दिनको राफसाफ अर्को सूचना जारी नभएसम्मको लागि रोकिनेछ ।

२५ भदौमा टीएमएसमा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो ।