close

 वामनबाडा ठूलोगाउँका अग्निपीडितलाई सहयोग

 वामनबाडा ठूलोगाउँका अग्निपीडितलाई सहयोग

Trulli
ADVERTISEMENT

हुम्ला, ३० भदौ
जिल्लाको सर्केगाड गाउँपालिका वडा नम्बर–७ को वामनबाडा ठूलोगाउँका  आगलागीपीडितलाई चीनको स्वशासित क्षेत्र तिब्बतस्थित ताक्लाकोटमा रहेको कैलाश व्यापार संघले १ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको छ ।


वामनबाडा ठूलोगाउँमा आगलागी हुँदा ६ घरपरिवारको घरमा क्षति पुगेपछि सहयोगस्वरुप संघले राहत उपलब्ध सर्केड गाउँपालिकाले जानकारी दिएको हो ।


भदौ १७ मा भएको आगलागीमा घर क्षति पुगेका ६ घरपरिवारलाई ताक्लाकोटमा रहेका हुम्लीहरूले १ लाख २ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको प्रदेशस्थित तिब्तमाको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका कैलाश व्यापार संघका उपाध्यक्ष लामु लामाले जानकारी दिए ।


कैलाश व्यापर संघ,नाम्खा गाउँपालिकाका स्थानीय कुगा लामा,छोमु लामा र हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले पनि आगलागीपीडितलाई १ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।


आगलागीपीडितका लागि ताक्लाकोटबाट आएको नगद प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी,वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो ।


आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका ६ घरपरिवारलाई जनही १० हजार र अन्य आंशिक क्षति भएका ६ घरपरिवारलाई जनही साढे ६ हजार प्रदान गरिएको हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले बताए ।