close

नरैनापुरका विद्यालयमा पठनपाठन सुरु

नरैनापुरका विद्यालयमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT

बाँके- नरैनापुर गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुलेका हुन् ।


स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जय किसान माविमा पठनपाठन सुरु भएको हो । यी विद्यालयमा कक्षा ९ देखि १२ सम्म पठनपाठन सुरु भएको हो ।


कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप अवरुद्ध भएकाले शिक्षा मन्त्रालयको कार्यढाँचाअनुसार विद्यालय संचालन गर्ने निर्णय गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।


विद्यालय संचालन भइसकेपछि त्यसको अवस्था अनुगमनका लागि उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको नेतृत्वमा निरीक्षणको समेत व्यवस्था मिलाइएको छ । प्रत्येक बेन्चमा दुई जना विद्यार्थी राखेर र प्रत्येक विद्यालयमा एक जना नर्स खटाएर पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारूले बताए ।