close

प्रहरी चौकीमै मारमुंग्री, घाइते १ जना धनगढी रिफर

प्रहरी चौकीमै मारमुंग्री, घाइते १ जना धनगढी रिफर

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा- ५ स्थित बलारामा रहेको प्रहरी चौकीमै झडप भएको छ ।


स्थानीय युवाहरूको दुई समूहबीच प्रहरी चौकीमै झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


घाइतेको बैतडीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ । घाइते चन्दको टाउको घाँटी र ढाडमा चोट लागेको छ ।


गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्क्याएको निहुँमा दुई समूहबीच झडप भएपछि छलफलका लागि प्रहरी चौकी बोलाएका बेला पुनः कुटाकुट भएको हो ।


प्रहरी चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले छ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।


‘मेला हुनुअघिको मंगलबार झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला झडप भएको हो । स्थिति नियन्त्रणमा आइसक्यो’, उनले भने ।


झडपमा संलग्नलाई सोधपुछका लागि जिल्ला बोलाएको डीएसपी अधिकारीले बताए ।


‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ । दोषीमाथि कारबाही गर्छौं’, अधिकारीले भने । झडपका क्रममा प्रहरी चौकीमा पनि सामान्य तोडफोड भएको छ ।