close

डिलासैनीमा २६ मंसिरसम्म लकडाउन

डिलासैनीमा २६ मंसिरसम्म लकडाउन

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको डिलासैनी गाउँपालिकामा २६ मंसिरसम्म लकडाउन गरिएको छ । समुदाय स्तरमै कोरोना संक्रमित फेला पर्न थालेपछि गाउँपालिकाको पूरै क्षेत्र लकडाउन गरिएको हो ।


गत मंगलबार पालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि संक्रमण अरूमा फैलिन नदिन गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए ।


गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेकाले विपद् व्यवस्थापन समितिको निर्णयअनुसार लकडाउन गरिएको उनले बताए ।


‘लकडाउन अवधिमा छोटा तथा लामो दूरीका सवारी साधन संचालनमा रोक लगाइनेछ भने गाउँपालिका र सातवटै वडा कार्यालयबाट प्रवाह गरिने आकस्मिकबाहेकका सबै सेवा बन्द हुनेछन्’, शाहले भने ।


यस्तै, गाउँपालिकाभरका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने सबै कार्यक्रममा रोक लगाइएको छ ।


लकडाउनका बेला दैनिक उपभोग्य पसल बिहान ८ देखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्थाहरू साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्र खुला गर्नुपर्नेछ ।


पूरै गाउँलाई लकडाउन घोषणा गरिएको जानकारी दिन गाउँपालिकाले माइकिङसमेत गरिरहेको पालिकाका स्वास्थ्य शाखा सहायक पुरुषोत्तम नाथले बताए ।