close

स्थानीय तहले विपन्न र गरिबका लागि ल्याएका कार्यक्रमबारे के भन्छन् जनता ? (भिडियाेसहित)

स्थानीय तहले विपन्न र गरिबका लागि ल्याएका कार्यक्रमबारे के भन्छन् जनता ? (भिडियाेसहित)

ADVERTISEMENT

नेपालको सन्दर्भमा राजनीतिक दलहरूका लागि विपन्न र गरिब समुदाय गतिलो भोट बैंक हुन् । जुन पार्टीले ठूला र मीठा भाषण गर्न सके, भोट तिनैले पाउँछन् । 

 

नहोस् पनि किन ? पुस्तौंदेखि गरिबी र विपन्नतामा बाँच्दै आएका ती समुदायलाई नेताले गरेका ठूला कुरा पनि आशाको किरणजस्तै लाग्छ । 

 

तर, त्यस्ता समुदायको समस्या अहिले पनि ज्यूँका त्यूँ नै छन् । स्थानीय सरकार आएसँगै विपन्न र गरिब समुदायमा थोरै भए पनि आशा पलाएको छ । तर, स्थानीय सरकारले पनि देखाउनका लागि मात्र सहयोग गरेजस्तो गरिदिँदा र वास्तविक विपन्न तथा गरिबहरूको पहिचान नगर्दा समस्या समस्यामै सीमित हुने हो कि भन्ने आशंका छ । 

 

आफ्नै गाउँको सरकारसँग स्थानीयहरू यस विषयमा के सोचिरहेका छन् र के देखिरहेका छन् भनेर पालिका खबरले जान्ने प्रयास गरेको छ । बाँके र सिन्धुलीका केही प्रतिनिधि पात्रहरूलाई तपाईंको स्थानीय तहले विपन्न र गरिबका लागि ल्याएका कार्यक्रमहरू कत्तिको प्रभावकारी छन् भनेर हामीले सोधेका छौं ।

 

के भन्छन् त उनीहरू ?